करातेका हस्ती दीपक र मन्डेकाजी सम्मानित

Read Time:2 Minute

काठमाडौं युरो स्कुलले दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता करातेका दीपक श्रेष्ठ र मन्डेकाजी श्रेष्ठलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । विद्यालयको वार्षिक खेलकुद सप्ताहका अवसरमा दुवैलाई सम्मान गरिएको हो ।

विद्यालयका अध्यक्ष प्रमोद पाण्डे, शैक्षिक निर्देशक डा. दीपक गुप्ता, निर्देशकहरु ज्ञानेन्द्रमान जोशी, राजाराम पुडासैनी र राजन कार्कीले उनीहरुलाई प्रशंसा पत्र, खादा र नगद प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका दीपक आठौं र नवौं सागका स्वर्ण विजेता हुन् । मन्डेले नेपालमा भएको १३ औं सागमा दुई स्वर्ण जितेका थिए । मन्डेकाजी एकै संस्करणमा दोहोरो स्वर्ण जित्ने एक्लो नेपाली कराते खेलाडी हुन् ।

विद्यालयले विगतका खेलकुद सप्ताहमा १३ औं सागका स्वर्ण विजेता साइक्लिङका बुद्धिबहादुर तामाङ, करातेका पर्शुराम बाँस्तोला, फुटबलका प्रज्ज्वलप्रताप क्षेत्री, सागका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, करातेका सुमन तिमल्सिनालगायतलाई सम्मान गरेको थियो ।

खेलकुद सप्ताहमा फुटबल, ब्याडमिन्टन, टेबलटेनिस, एथलेटिक्स, बास्केटबल र नेपाली परम्परागत खेलमा प्रतिस्पर्धा भएको थियो । दीपक र मन्डेकाजीले ब्याडमिन्टनका पदक विजेतालाई सोही अवसरमा पुरस्कृत पनि गरे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post भुवन नगरकोटीले जिते सुर्य नेपाल काठमाडौं ओपन गल्फको उपाधि
Next post ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा
Close