दीपकलाई सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी

Read Time:1 मिनेट

साग स्वर्ण पदकधारी दीपक श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्ले थप जिम्मेवारी प्रदान गरेको छ । सहायक प्रशिक्षकमा कार्यरत श्रेष्ठलाई सदस्य सचिवस्तरिय निर्णयानुसार समान श्रेणी, पद र सुविधा कायम रहने गरि सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरिएको हो ।

आइतबार एक कार्यक्रमकाविच तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन वि.क.ले श्रेष्ठलाई कार्यकाल सफलताको शुभकामनासहित नयाँ जिम्मेवारीको पत्र प्रदान गरेका थिए। श्रेष्ठलाई साउन २६ देखि लागु हुने गरी तालिम तथा प्रशिक्षण विभागमा रही कामकाज गर्ने गरि पत्र प्रदान गरिएको हो।

नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ ‘बोस’ले नयाँ जिम्मेवारीका लागि श्रेष्ठलाई शुभकामना दिए।

२०४१ सालमा सहायक प्रशिक्षकको रुपमा करारमा परिषद्को सेवामा प्रवेश गरेका श्रेष्ठ २०६१ सालमा स्थायी भएका थिए । ललितपुर जिल्ला खेलकुदल विकास समितिमा कार्यरत श्रेष्ठले राष्ट्रिय खेलाडीहरुलाई प्रशिक्षण गर्दै आइरहेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अल्मुताइरीको कारबाहीमा परेका खेलाडीले गरे राष्ट्रिय टिममा पुनरागमन
Next post प्रथम राष्ट्रिय खुला बास्केटबल : आर्मीको विजयी सुरुआत
Close