चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि छनोट भएका डान्स स्पोर्ट्स खेलाडी दीपक लामा डब्लुडीएसफ विश्व च्याम्पियनसिप प्रतिस्पर्धा गर्ने भएका छन्।
सेप्टेम्बर २३ देखि २४ तारिखसम्म हुने विश्व च्याम्पियनसिपमा सहभागी हुन दीपक मंगलबार बेल्जियमको लुउभेन प्रस्थान गर्दै गर्न लागेका हुन्।
दीपकले वान अन वान ब्रेकिङ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले दीपक लामालाई उच्च मनोबलका साथ प्रदर्शन गरी देशको गौरव अभिबृद्धि गर्न हौसला बढाउदै विदाई गरेका छन् ।