जावलाखेलले भित्र्यायो बुर्किना फासोका डिफेन्डर

आसन्न सहिद स्मारक ए डिभिजन लिगका लागि जावलाखेल युथ क्लबले बुर्किना फासोका डिफेन्डर कोरा लार्वा कोने फ्लोरेन्टलाई अनुबन्धन गरेको छ। जावलाखेलले फ्लोरेन्टलाई अनुबन्धन गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।

फ्लोरेन्ट नेपाली फुटबलसँग परिचित अनुहार हुन्। उनी पछिल्लो तीन वर्षदेखि नेपालमा व्यवसायिक फुटबल खेलिरहेका छन्।

गत सिजनको लिग फ्लोरेन्टले मनाङ मर्स्याङदीबाट खेलेका थिए भने २०७५ को लिग च्यासल युथ क्लबबाट खेलेका थिए । गत वैशाखमा भएको नेपाल सुपर लिग उनले काठमाडौं रेजर्सबाट खेलेका थिए।

यो सिजनको ए डिभिजन लिग कात्तिकबाट २९ गतेबाट दशरथ रंगशालामा आयोजना हुनेछ।

Facebook Comments Box