क्यारेबियन प्रिमियर लिग (सिपिएल)को तालिका सार्वजनिक भएको छ। अगष्ट २६ देखि सेप्टेम्बर १५ सम्म हुने सिपिएलको तालिका वेस्टइन्डिज क्रिकेट बोर्डले बिहीबार सार्वजनिक गरेको हो।
सार्वजनिक तालिका अनुसार नेपाली युवा लेगीस्पनर सन्दीप लामिछानेको टिम ट्रिनबागो नाइट राइडर्सको खेल पहिलो दिन नै परेको छ । उद्घान खेलमा सन्दीपको टिम ट्रिनबागोले गुएना अमेजन वारियर्ससँग खेल्ने छ। खेल वार्नर पार्क स्पोर्टिङ कम्प्लेक्समा हुनेछ ।
पहिलाे दिन नै बार्वादाेस ट्राइडेन्सले सेन्ट्स किट्स एण्ड नेविस प्याट्रिओट्स भिड्ने छन्।
वेष्ट इन्डिजका लिमिटेड ओभरका कप्तान काएरन पोलार्डको नेतृत्वमा रहेको ट्रिनबागो साविक विजेता समेत हो । ट्रिनबागोले गत सिजन फाइनलमा सेन्ट लुसिया जाउक्सलाई पराजित गर्दै तेस्रो पटक सीपीएलको उपाधि जितेको थियो ।

ट्रिनबागोमा पोलार्डसँगै सुनिल नारिन, कोलिन मनरो, डारेन ब्राभो, लेन्डल सिमोन्स, दिनेश रामदिन, रवी राम्पाल, सिकन्दर राजा, हेडन वाल्स, अली खानलगायत खेलाडी छन् ।
लिगका सबै ३३ खेल सेन्ट किट्स एण्ड नेभिसस्थि वार्नर पार्कमा खेलाइनेछ । प्रतियोगितामा प्रत्येक दिन दुई खेल हुनेछन् ।
