डियास र स्टोन्सको गोलमा सिटी विजयी

लिग लिडर म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ। दुई मेनडिफेन्स रुबिन डियास र जोन स्टोन्सले गोल गरेपछि शनिबार साँझ भएको खेलमा सिटीले वेस्टह्याम युनाइटेडमाथि २–१को जित निकल्यो।

प्रिमियर लिगमा सिटीको लगातार १४औं जित हो भने समग्रमा लगातार २०औं जित हो। यता प्रशिक्षक पेप गार्डिवलाको सिटीमा यो २००औं जित हो। उनले २७८ खेल यो उपलब्धी हासिल गरेका हुन्।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन रुबेन डियास र जोन स्टोन्सले एक गोल गरे भने वेस्टह्यामका मिखेल एन्टोनियोले एक गोल फर्काए।

खेलको ३० औं मिनेटमा केभिन डे ब्रुयनाको पासमा डियासले गोल गर्दै सिटीलाई अग्रता दिलाए । तर, ४३औं मिनेटमा जेसी लिंगार्डको पासमा एन्टोनियोले गोल गर्दै वेस्ट ह्यामलाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ६८ औं मिनेटमा रियाद महारेजको पासमा स्टोन्सले गोल गर्दै सिटीलाई २–१ को जित दिलाए ।

जितसँगै सिटीले लिगमा १३ अंकको अग्रता बनाएको छ । सिटीले २६ खेलमा ६२ अंक जोडेको छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ४९ अंक छ । वेस्टह्याम २६ खेलमा ४५ अंक जोडेर चौंथो स्थानमा छ ।