क्रोएसियन भेट्रान डिफेन्डर डेजन लोभ्रेनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्। ३३ वर्षीय सेन्ट्रेल डिफेन्डर लोभ्रेनले बिहीबार १४ वर्ष लामो अन्तर्राष्टिय करियर टुंग्याउने घोषणा गरेका हुन्।
सन् २००९मा क्रोएसियन टिममा डेब्यू गरेका लोभ्रेनको राष्ट्रिय टिमको अन्तिम खेल कतार विश्वकपमा मोरक्कोविरुद्धको तेस्रो स्थानकोल खेल नै अन्तिम भयो। कतार विश्वकपमा उनको प्रदर्शन लोभलाग्दो थियो।
१४ वर्ष राष्ट्रिय टिममा बिताउँदा उनले ७८ खेल खेलेका छन्। जसमा उनले ५ गोल गरेका छन्।
लिभरपुल, साउथह्याम्पटन, डाइनामो जाग्रेबलगायत क्लबबाट व्यवसायिक फुटबल खेलेको लोभ्रेन अहिले लिग वान क्बल लियोनमा छन्। सन् २०१८÷१९मा च्याम्पियन्स लिग र २०१९÷२०मा प्रिमियर लिग जित्दा उनी लिभरपुलका महत्वपूर्ण खेलाडी थिए।