मार्कस स्टोइनिस र कागिसो रबाडाले उत्कृष्ट प्रदर्शन गरेपछि दिल्ली क्यापिटल्सले आईपिएलमा विजयी सुरुवात गरेको छ । आइतबार राति दुबईमा भएको खेलमा दिल्लीले सुपर ओभरमा किंग्स इलावेन पञ्जावलाई हरायो ।
पहिला ब्याटिङ गर्दै दिल्लीले दिएको १५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले पनि ८ विकेट गुमाउँदै १५७ रन मात्रै बनाउन सकेपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा पहिला ब्याटिङका लागि आएको पञ्जाले २ रन मात्र बनाउन सक्यो । दिल्लीका कागिसो रबाडाले लागतार दुई बलमा केएल राहुल र ग्लेन म्याक्सवेलको विकेट लिएका थिए । ३ रनको लक्ष्य दिल्लीले २ बेल खेल्दै भेट्टायो ।
यसअघि दिल्लीले दिएको १५८ रनको लक्ष्य पछ्याएको पञ्जाब जित नजिक पुगेर पनि जित भने निकाल्न सकेन । अन्तिम ३ बलमा १ रन चाहिएको अवस्थामा उसले लक्ष्य भेट्टाउन सकेन ।
पञ्जाबका लागि मयंक अग्रवालले सर्वाधिक ८९ रन बनाए । उनले ६० बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे । यस्तै, कप्तान केएल राहुलले २१, कृष्णप्पा गौत्वामले २० र सर्फराज खानले १२ रन बनाए।
दिल्लीका रविचन्द्रन आविश्वनले १ ओभरमा २ रन खर्चेर २ विकेट लिए । काँधमा चोट लागेपछि आश्विनले १ ओभरमात्रै बलिङ गरे । यस्तै, रबाडा, स्टोइनिसले समान २ विकेट लिए ।
यअसघि पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन मात्रै बनाउन सक्यो । दिल्लीले खराब सुरुवात गरेपछि मध्यक्रमले उत्कृष्ट ब्याटिङ गरेपछि दिल्लीले सम्मानजनक योगफल बनाउन सक्यो ।
दिल्लीका लागि इस्टोनिसले सर्वाधिक ५३ रन बनाए भने कप्तान श्रेयस ऐयरले ३९ र ऋषव पन्तले ३१ रन बनाए । स्टोइनिसले २१ बल खेल्दै ७ चौका र ३ छक्का प्रहार गरे भने ऐयरले ३२ बलमा ३ छक्का प्रहार गरे । पञ्जावका मोहम्मद सामीले ३ र सेल्डन कोट्रेलले २ विकेट लिए ।