आसन्न युरोकप फुटबल प्रतियोगिताका लागि नेदरल्यान्ड्स र डेनमार्कले राष्ट्रिय टिमको घोषणा गरेका छन् । नेदरल्यान्ड्सका प्रशिक्षक फ्रान्क डे बोइर र डेनमार्कका प्रशिक्षक कास्पर हजुल्मेन्टले युरोकपका लागि २६ सदस्यीय टिम घोषणा गरेका हुन्।
डे बोइरले घोषणा गरेको डच टिममा जस्पर सिलेसन, म्याथिस डि लिग्ट, डेली ब्लाइन्ड, नाथन एकेइ, फ्रांकी डे जोङ, डोनी भान डे विक, मार्टिन डे रुन, जर्जिनियो विज्नाल्डम, मेम्फिस डिपे, लुक डि जोङलगायत खेलाडी छन् ।
११ जुनदेखि ११ जुलाईसम्म युरोपका विभिन्न ११ शहरमा आयोजना हुने प्रतियोगितामा नेदरल्यान्ड्स समूह सीमा छ । यो समूहमा अष्ट्रिया, युक्रेन र नर्थ म्यासेडोनिया छन् । नेदरल्यान्ड्सले १४ जुनमा युक्रेन, १८ मा अष्ट्रिया र २१ मा म्यासेडोनियासँग खेल्ने छ।
यसैगरी डेनमार्कले क्रिस्टियन इरिक्सनको कप्तानीमा २६ सदस्यीय टिम घोषणा गरेको छ। यो टिममा इरिक्सनसँगै कास्पर स्माइकल, पिर्रे इमिले होजबर्ग, मार्टिन ब्रेथवेट, ड्यानिअल वास, युसुफ पाउलसेन, जोचिम एन्डरसनलगायत खेलाडी परेका छन्।
बेल्जियम, फिनल्यान्ड र रुससँगै डेनमार्क समूह बीचमा छ । उसले १२ जुनमा फिनल्यान्ड, १७ जुनमा बेल्जियम र २२ जुनमा रुससँग खेल्ने छ।