उपमेयर कप राष्ट्रिय महिला लिग छनोट : कन्काइ र ललितपुर नकआउट चरणमा

झापाको कन्काई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिका काठमाडौंमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् ।

सोमबार सातदोबाटोस्थ्ति एन्फा कम्प्लेक्समा भएको खेलमा कन्काई सर्लाहीको बागमती नगरपालिकासँग १–१ गोलको बराबरी खेल्दै नकआउट चरणमा प्रवेश गर्दा ललितपुर महानगरपालिकाले पनि चितवनको कालिका नगरपालिकासँग १–१ गोलकै बराबरी खेल्यो।

सोमबार भएको पहिलो खेलमा कुशुम खतिवडाले गोल गर्दै कन्काईलाई अग्रता दिलाइन् । तर, सदिपा ब्लोनले गोल गर्दै बागमतीलाई हारबाट जोगाइन्। बराबरीसँगै कन्काई समूह एमा ७ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । ७ अंक नै जोडेपनि बागमती गोलअन्तरमा पछि पर्दै नकआउट चरण पुग्न असफल भयो।

यसैगरी सोमबार नै भएको दोस्रो खेलमा कालिका नगरपालिकासँग १–१ गोलको बराबरी खेल्दै ललितपुर महानगरपालिका पनि नकआउट चरणमा प्रवेश ग¥यो। खेलमा रजनी थोकरले गोल गर्दै ललितपुरलाई अग्रता दिलाइन्। तर, निशा थोकरले गोल गर्दै कालिकालाई १–१ गोलको बराबरीमा ल्याइन् ।

बराबरीपछि समूह बीमा रहेको ललितपुरले ४ अंक जोड्दै विजेताका रुपमा नकआउट चरणम पुग्यो । यता, ४ अंक नै भएपनि गोलअन्तरा पछि कालिका भने प्रतियोगिताबाट बाहिरियो।