उपमेयर कप राष्ट्रिय महिला लिग छनोट : महालक्ष्मीको पोस्टमा कन्काइको गोलकाे वर्षा, बागमतीको लागतार दोस्रो जित

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा शनबिार दुई खेल भए । पहिलो खेलमा झापको कन्काई नगरपालिकाले ललिपुतपुरको महालक्ष्मी नगरपालिकालाई १९–०को फराकिलो अन्तरले हराउँदा सर्लाहीको बागमती नगरपालिकाले ललितपुरको गोदावारी नगरपालिकालाई ७–०ले हरायो।

महालक्ष्मी नगरपालिकाविरुद्ध सानदार जित दिलाउने क्रममा कन्काईका कुसुम खतिवडाले ८ गोल गरिन् भने दिपा शाहीले ५ गोल गरिन् । यस्तै, सिमरन राई र ममता राउतले समान २ गोल गरे भने लक्ष्मी श्रेष्ठ र ईमा राईले पनि समान १ गोल गरे।

प्रतियोगितामा कन्काईको यो लागतार दोस्रो जित हो। पहिलो खेलमा कन्काईले गोदावरी नगरपालिकालाई १२–० गोल अन्तरले पराजित गरेको थियो ।

शनिबार भएको दोस्रो खेलमा बागमतीले गोदावरी नगरपालिकालाई ७–०ले हरायो । बागमतीको जितमा रश्मीकुमारी घिसिङले ४ गोल गर्दा गीता राना, सदिपा ब्लोन र अनु राईले पनि गोल गरे।
बागमतीको पनि यो लागतार दोस्रो जित हो । पहिलो खेलमा बागमतीले महालक्ष्मी नगरपालिकालाई ९–० ले हराएको थियो।