हाफिज ओलावाले धनगढीमा

धनगढी एसफीले नेपाल सुपर लिगका लागि पहिलो विदेशी खेलाडीका रुपमा ओलावाले हाफिजलाई अनुबन्धन गरेको छ। एनएसएल खेल्ने हाफिज बिहीबार नै नेपाल आएका छन्।

नाइजेनियन स्ट्राइकर हाफिज नेपाली फुटबलसँग परिचत छन् । उनले मनाङ मर्स्याङ्दी, थ्री स्टार र आरसिटीबाट ए डिभिजन लिग पनि खेलेका छन्। उनले २०७६ मा मनाङबाट ए डिभिजन लिग जितेका थिए। उनले भारत र बंगलादेशको शीर्ष लिगसमेत खेलेका छन् ।

धनगढीले छिट्टै अन्य २ विदेशी खेलाडी अनुबन्ध गर्ने जनाएको छ । उसले बिहीबार नै नेपाली राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङलाई आइकोनिक खेलाडीका रुपमा अनुबन्धन गरेको छ।

११ वैशाखदेखि १ जेठसम्म आयोजना हुने एनएसएलमा धनगढीको मार्की खेलाडीमा विशाल राई रहेका छन् । उसले दिनेश राजवंशी, निशान खड्का, दर्शन गुरुङ, पुजन उपरकोटी, टंक बस्नेतलगायतलाई अनुबन्धन गरेको छ।

नेपाल सुपर लिग अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेकाे हाे। प्रतियोगितामा काठमाडौं र ललितपुरसँगै विराटनगर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

खेल सिंगल राउण्ड रोविन लिगमा हुनेछ। लिगका शीर्ष ४ टिमले प्लेअफ खेल्ने छन्। शीर्ष दुईले प्लेअफको क्लालिफायर खेर्ने छन् भने तेस्रो र चौथो एलिमिनेटर खेल्ने छन् । क्वालिफायरको विजेता सिधै फाइलन पुग्ने छ भने पराजित हुनेले फाइलन पुग्नका लागि एलिमिनेटरको विजेतासँग खेल्ने छ।

प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसी भिड्ने छन् ।