‘धरान १० के रन’को उपाधि गजेन्द्र र सन्तोषीलाई

‘धरान १० के रन’को उपाधि पुरुषतर्फ गजेन्द्र राई र महिलातर्फ सन्तोषी श्रेष्ठले जितेका छन् । शनिबार भएको नवौं प्रभु बैंक ‘धरान १० के रन’ मा महिलातर्फ सन्तोषीले निर्धारित १० किलोमिटरको दुरी ३८ मिनेट १० सेकेन्डमा पुरा गरिन् ।

आठौं साफ गेम्सकी स्वर्ण पदक विजेता श्रेष्ठले यसअघि चौथो र आठौंमा पनि महिलातर्फ उपाधि जितेकी थिइन् । ४२ मिनेट ७ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै छेन्वीमाया राई दोस्रो हुँदा जुम्लाकी वन्दना बुढा तेस्रो स्थानमा रहिन् ।

पुरुषतर्फ नेपाली सेनाका गजेन्द्र राई प्रथम भए । उनले निर्धारित दूरी ३२ मिनेट २१ सेकेण्डमा पूरा गरे । नेपाली सेनाकै टंकबहादुर कार्कीले ३३ मिनेट ५४ सेकेण्डमा दूरी पार गर्दै द्वितीय र जितेन्ऽ दनुवारले ३४ मिनेटमा दूरी पूरा गर्दै तेस्रो भए । विजेता धावकहरुले क्रमशः ५०, ३० र २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

रनर अफ द इयरको पुरस्कार पुरुषतर्फ इन्डिस राई र महिलातर्फ छेन्वी राईलाई प्रदान गरिएको छ । यस्तै, पाकिस्तानमा रहेको विश्वको दोस्रो उच्च शिखर माउण्ट केटू हिमाल सफल आरोहण गरेर विश्व कीर्तिमान गरेका १० जनालाई पनि सम्मान गरिएको छ । धरानको पुतलीलाइनबाट सुरु भएको धरान १० के रनमा यो वर्ष १४१ जनामात्रै सहभागी थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.