बर्लिन म्याराथनमा सहभागी हुने धर्मको बिदाई

प्रख्यात म्याथन प्रतियोगिता ‘बर्लिन म्याराथन’मा सहभागी हुन लागेका नेपाली धावक धर्म महर्जनलाई बिदाई गरिएको छ। बुधबार बैकुणठ मानन्धर खेलकुद नेपाल र गजराज जोशी मेमोरियल ट्रष्टले संयुक्त रुपमा एक कार्यक्रम गर्दै धर्मलाई बिदाई गरेको हो।

बिहीबार जर्मनी प्रस्थान गर्न लागेका धर्म महर्जनलाई एन्फाका पूर्वअध्यक्ष गणेश थापा, कीर्तिमानी धावक बैकुण्ड मानन्धर, पूर्वधावक बुद्धवीर लामा र गजराज जोशी मेमोरियल ट्रष्टका अध्यक्ष मनिषराज जोशीलगायतले बिदाई गरे ।

महर्जनलाई बिदाई अध्यक्ष एन्फा पूर्वअध्यक्ष थापाले २५ हजार रुपैयाँ सहयोग गरे । थापाले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। यस्तै, धावक महर्जनलाई ट्रष्टका अध्यक्ष जोशी, बैकुण्ठ मानन्धर खेलकुद नेपाल, कीर्तिपुर नगरपालिका, कीर्तिपुर खेलकुद समाजलेले पनि आर्थिक आर्थिक सहयोग गरेका थिए।

सेप्टेम्बर २६ मा हुने प्रतियोगितामा महर्जनले ४५ वर्षमाथिको उमेर समूहमा प्रतिस्पर्धा गर्ने छन् । जापानमा भएको १८औं एसियाली मास्टर्स च्याम्पियनसिपमा कास्य जितेका महर्जनले अमेरिका, थाइल्यान्ड, नेदरल्यान्ड र चीनमा भएका विभिन्न म्याराथनमा सहभागी भएका छन्।

बिदाई कार्यक्रममा महर्जनले बर्लिन म्याराथनमा दौड २ घण्टा ४५ मिनेटमा दौड पूरा गर्ने लक्ष्य रहेको बतएा

Facebook Comments Box