आईपिएल : २७ रिटेन खेलाडीको मूल्य २६९ करोड, कसकाे मूल्य कति ?

आईपिएलको मेघा अक्सनअघि ८ टिमले २७ खेलाडी रिटेन गरेका छन् । ती २७ खेलाडी रिटेन गर्न ८ टिमले कुल २६९ करोड भारु खर्चिएका छन् ।

मेघा अक्सनअघि आईपिएलका ८ टिमले अधिकतम ४ खेलाडी रिटेन गर्न पाउने प्रावधान थियो । ८ मध्ये ४ टिमले ४ खेलाडी रिटेन गर्दा ३ टिमले ३ र १ टिमले २ खेलाडी रिटेन गरेको छ।

४ खेलाडी रिटेन गर्नेमा मुम्बई इन्डियन्स, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स छन्। यस्तै, सनराइजर्स हैदरावद, राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरले ३ तथा पञ्जाब किंग्सले २ खेलाडीमात्र रिटेन गरेका छन्।

४ खेलाडी रिनेट गर्ने टिमले टिमले अधिकतम ४२ करोड, ३ खेलाडी रिटेन गर्ने टिमले ३३ करोड, २ खेलाडी रिटेन गर्ने टिमले २४ करोड र १ खेलाडी रिटेन गर्ने टिमले १४ करोड खर्च गर्न पाउने थिए।

आईपिएलमा सर्वाधिक रकम रिटेन खेलाडी हुन्, मुम्बई इन्डियन्सका रोहित शर्मा, चेन्नई सुपर किंग्सले रविन्द्र जडेजा र दिल्ली क्यापिटल्सका ऋषव पन्त । उनीहरु सबै १६ करोड रुपैयाँमा रिटेन भएका हुन्।

सबैभन्दा कम मूल्यमा चार जना रहे। जसमा पञ्जाबका अर्शदीप सिंह, राजस्थानका यशस्वी जैसवाल र हैदरावादका अब्दुल समद र उमरान मलिक छन् । उनीहरुको मुल्य ४ करोड रुपैयाँ छ।

खेलाडी रिटेनमा चेन्नई र मुम्बईले सर्वाधिक ४२ करोड खर्च गर्दा दिल्ली३९, कोलकाताले ३४ करोड खर्चिएका छन्। बैंगलोरले ३३, राजस्थानले २८, हैदरावादले २२ र पञ्जाबले १६ करोड रुपेयाँ खर्चिए ।

मेघा अक्सनमा प्रत्येक टिमले खेलाडी किन्नका लागि ९० करोड रुपैयाँ खर्च गर्न पाउने छन् । खेलाडी रिटेन गरेर बाँकी रहेको रकमबाट टिमले मेघा अक्सनमा खेलाडी किन्ने छन्।

को खेलाडी कतिमा (करोडमा) रिटेन भए ?

मुम्बईः रोहित शर्मा (१६) जस्प्रित बुमराह (१२), सूर्यकुमार यादव (८) र किरोन पोलार्ड (६) ।

चेन्नईः रविन्द्र जडेजा (१६), महेन्द्रसिंह धोनी (१२), मोइन अली (८) र रुतुराज गायकवाड (६)।

दिल्लीः ऋषव पन्त (१६), अक्षर पटेल (९), पृथ्वी श (७.५), र एनरिच नोर्किया (६.५)।

कोलकाताः आन्द्रे रसेल (१२), सुनिल नारिन (८), वरुण चक्रावर्ती (८), बेंकटेश ऐर (६)।

हैदरावादः केन विलियम्सन, अब्दुल समद, उमरान मलिक ।

बैंग्लोरः विराट कोहली (१५), ग्लेन म्याक्सवेल (११) र मोहम्मद सिराज (७)।

राजस्थानः सन्जु सामसन(१४), जोस बट्लर (१०), यशस्वी जैसवाल (४)।

पञ्जावः मयंक अग्रवाल (१२) र अर्शदीप सिंह (४)।