कार्तिकले छाडे कलकत्ताको कप्तानी, मोर्गनले बने नयाँ कप्तान

Read Time:2 Minute

दिनेश कात्तिकले इन्डियन प्रिमियर लिग (आईपिएल) टिम कोलकत्ता नाइट राइडर्सको कप्तानको जिम्मेवारी छोडेका छन्। युएईमा जारी आईपिएलमा कोलकाताले सोचअनुसार प्रदर्शन गर्न नसेपछि कार्तिकले कप्तानी छाडेका हुन् ।

कोलकाताले एक विज्ञप्ति जारी गर्दै कार्तिक कप्तान छाडेको पुष्ठी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘हामी भाग्यमानी हौं, किनकी हामीसँग दिनेश कार्तिक जस्ता टिम लिडर छन्। जसले सबैभन्दा पहिला टिमलाई राख्छन् उनको जस्तो निर्णय लिन जो कोहीले सक्दैनन् ।’

कार्तिकले ब्याटिङमा केन्द्रित हुन कप्तानी छाड्ने निर्णय गरेको बताएका छन् । यो सिजन कार्तिकको ब्याट त्यति चल्न सकेको छैन । उनले ७ खेलमा १ अर्धशतकसहित १०८ रन मात्र बनाउनका सकेका छन् । यो पटक ब्याटिङमा असफल भएपनि कात्तिकले आईपिएलमा १८९ खेल खेल्दै १९ अर्धशतकसहित ३७६२ रन बनाएका छन् ।

कार्तिकले कप्तानी छाड्ने निर्णय गरेसँगै कोलकाताले इंग्ल्यान्डका कप्तान इओन मार्गनलाई कप्तानको जिम्मेवारी दिएको छ । ७ खेलमा ४ जित र तीन हारको सामाना गरेको कोलकता ८ अंकसहित चौथो स्थानमा छ । उनले सन् २०१८ देखि कोलकाताको कप्तानी सम्हालेका थिए ।

अनुभवी खेलाडी मोर्गनको कप्तानीमा टिमले राम्रो प्रदर्शन गर्न अपेक्षा कोलकाताको छ । कप्तानीका रुपमा मोर्गन सफल पनि छन् । उनकै कप्तानीमा सन् २०१९मा इंल्यान्डले एकदिवसीय विश्वपक उपाधि जितेको थियो । यो सिजन मोर्गन उत्कृष्ट फर्ममा छन् । मोर्गन सिजन कोलकाताका लागि ७ खेलमा १७५ रन बनाएका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

22 thoughts on “कार्तिकले छाडे कलकत्ताको कप्तानी, मोर्गनले बने नयाँ कप्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मोटिङको दुई गोलमा बायर्नन विजयी
Next post कोलकातालाई हराउँदै मुम्बई पुनः शीर्ष स्थानमा
Close