°
, May 29, 2023 in

टि–२० वरीयतामा दीपेन्द्रको फड्को, ऋषवदेखि पोलार्डलाई पछि पारे

SHARE:

भर्खरै सम्पन्न चारेदेशीय टि–२० सिरिजमा उत्कृष्ट प्रर्दशन गरेका नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले टि–२० वरीयताको ब्याटिङतर्फ ठूलो फड्को मारेका छन्। आईसिसीको नयाँ वरियतामा ब्याटिङतर्फ दीपेन्द्र ५२औं स्थानमा आइपुगेको छन् ।

यसक्रममा दीपेन्द्रले भारतका ऋषव पन्त, सूर्यकुमार यादव, न्युजिल्यान्डका टिम सेफिरिट, वेस्टइन्डिजका कप्तान केइरन पोलार्ड, सिमरन हेटमेयरलगायतलाई पनि पछि पारेका छन्।

यता, नेपालका अर्का ब्याट्सम्यान कुशल भुर्तेल ६५औं स्थानमा यथावत् छन्। माघको मध्यतिर आईसीसीले सार्वजनिक गरेको वरियतामा कुशल ५१औं स्थानसम्म पुगेका थिए। यस्तै, बलिङतर्फ लेग स्पिनर सन्दीप लामिछाने ६५औं स्थानमा यथावत् रहेको छ।

टि–२०को ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर अजाम शीर्ष स्थानमा छन् भने बलिङतर्फ श्रीलंकाका वानिन्दु हसरंगा शीर्ष स्थानमा छन्।

SHARE: