थ्री स्टारका दीपेश एनआरटीमा

ललितपुरको थ्री स्टार क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका दीपेश घले नयाँ सिजनका लागि न्युरोड टिम (एनआरटी)मा आबद्ध भएका छन्। २२ वर्षीय दीपेशलाई आसन्न ए डिभिजन लिगका लागि एनआरटीले अनुबन्धन गरेको हो।

अघिल्लो सिजन थ्री स्टारबाट ए डिभिजन लिग खेलेका दीपेशले बिहीबार एनआरटीसँग सम्झौताका हुन्। उनले थ्री स्टारबाट मोफसलनका प्रतियोगिता पनि खेलेका थिए।

राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको एनआरटीले लिगका लागि दुई क्यामरुनी खेलाडी स्टेफेन समिर र मेसुके ओलोमोउलाई अनुबन्ध गरिसकेको छ भने उसले रञ्जन विष्टलाई पनि अनुबन्ध गरिसकेको छ ।

अघिल्लो लिग एनआरटीबाटै खेलेका एरिक विष्टसँग पनि नयाँ सिजनको लागि अनुबन्ध भइसकेको क्लबले जनाइसकेको छ । एनआरटीले मुख्य प्रशिक्षकमा राजुकाजी शाक्यलाई नै निरन्तरता दिएको छ ।