°
, June 4, 2023 in

ह्याट्रिक बारे दीपेशले भने– जीवनकै ‘फस्ट एन्ड लास्ट’ ओभर सोचेर बलिङ गरेँ

SHARE:

८ वर्षपछि यू–१९ विश्वकपमा छनोट भएको नेपाली टिम स्वदेश आइपुगेको छ। नेपाली टिम शुक्रबार साँझ युएईबाट नेपाल आइपुगेको हो।

युएईको भएको विश्वकपको एसिया छनोटको अन्तिम खेलमा नेपालले युएईमाथि सनसनीपूर्ण जित निकाल्दै अर्को वर्ष श्रीलंकामा हुने विश्वकपमा छनोट भएको थियो।

नेपाललाई विश्वकपमा पु¥याउने क्रममा स्पिनर दीपेश कँडेलले सनसनीपूर्ण बलिङ गरे । ४८औं ओभरमा उनले सनसनीपूर्ण ह्याटिङक गरेपछि नेपाल युएईलाई हराउन सफल भयो।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग दीपेशले ह्याट्रिक भन्दा पनि टिमको जितमा खुसी लागेको बताए। उनले आफ्नो अन्तिम स्पेलका आउँदा आफूले जीवनकै ‘फस्ट एन्ड लास्ट’ ओभर सोचेर बलिङ गरेको बताए ।

ह्याट्रिक लिँदै नेपाललाई विश्वकपमा पु¥याएपछि दीपेश भावुक बनेका थिए। यो खुसीमा उनले आफ्नो आँखामा आँशु थाप्न सकेनन् । साथीहरुसँग खुसी मनाउँदा उनी रोइरहेका थिए।

यस्तै, मुख्य पशिक्षक जगत टमटाले फिल्डङ र बलिङका कारण विश्वकपमा छनोट भएको बताए । उनले सबै खेलाडीहरुले मिहिनेत गरेर खेल्दा जित हात पारेको र फाइनल खेलमा युएईसँगका अन्तिम तीन विकेट जादुमय भएको बताए ।

कप्तान देव खनालले सबै खेलाडीको मिहेनतले विश्वकपमा छनोट भएको बताए । युएई जाँदा धेरै चुनौती भएपनि अब आउने दिनमा आफूलाई झनै प्रमाणित गरेर जाने चुनौती रहेको उनले बताए।

SHARE: