°
, May 29, 2023 in

पिएसजीको जितमा हिराे बने एम्बाप्पे, नेमारले पाए रातो कार्ड

SHARE:

कतार विश्वकपका गोल्डेन बुट विजेता किलियन एम्बापेले सोही लयलाई लिगमा पनि निरन्तरता दिएका छन् । उनकै निर्णायक गोल मद्दतमा मिडसिजन ब्रेक पछिको पहिलो खेलमा पिएसजी विजयी भएको छ।

बुधबार राति भएको खेलमा पिएसजीले स्टार्सबर्गमाथि २–१को जित निकाल्यो । उसका लागि एम्बाप्पेसँगै मार्किन्होसले गोल गरेका थिए । स्टार्सवर्गले भने आत्मघाती गोल उपहार पाएको थियो।

खेलको १४औं मिनेटमा मार्किन्होसले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। उनले नेमरको पासमा गोल गरेका थिए। पहिलो हाफ १–०मै सकियो । ५१औं मिनेटमा मार्किन्होसले आफ्नै पोस्टमा गोल गरेपछि खेल १–१को बराबरीमा आयो।

६२औं मिनेटमा ब्राजिलियन सुपर स्टार नेमारले रातो कार्ड पाएपछि पिएसजी दबाबमा परेको थियो। १ मिनेट अन्तरमा उनले दोहोरो पहेँलो कार्ड पाएका थिए। पेनाल्टी अपिल गर्दै डिबक्समा डाइभ हानेपछि नेमारले रातो कार्ड पाएका थिए।

बराबरी तर्फ उन्मूख भएको खेलमा इन्जुरी समयको सातौं मिनेटमा पिएजीले अग्रता बनायो । आफैंलाई डिबक्समा लडाएपछि प्राप्त पेनाल्टीले एमप्पेले गोल गर्दै पिएसजीलाई जित दिलाए । लिग वानमा एम्बाप्पेको यो १२औं गोल हो।

यस्तै, अन्य खेलमा लियोनले ब्रेस्टमाथि ४–२को जित निकाल्दा लिलेले क्लेमेन्ट फुटलाई २–०ले, मोनाकोले अक्जिरमाथि ३–२को जित निकाल्यो।

SHARE: