
बक्सिङमा अन्तर्राष्ट्रिय पदक दिलाउने दिवान्सलाई राखेप सदस्य सचिवले दिए बधाई
Read Time:1 Minute
एसियाली किक बक्सिङ च्याम्पियनसिपका कांस्य विजेता दिवान्स श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार बधाई दिएका छन् । त्रिपुरेश्वरस्थित आफ्नै कक्षमा भेट गरी सदस्य–सचिव घिसिङले दिवान्सलाई सफलताका लागि बधाई दिएका हुन् ।
डिसेम्बर १० देखि १८ तारिखसम्म थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताअन्तर्गत पुरुष ५७ केजीमा दिवान्सले २ राष्ट्रका खेलाडीलाई हराउदै कांस्य जिते । उनले कम्बोडिया र चाइनिज ताइपेइका खेलाडीलाई पराजित गरे । त्यसपछि दिवान्स इरानका खेलाडीसंग चुकेका थिए।
नेपालबाट पुरुष ८० केजीमा प्रतिस्पर्धा गरेका सन्जित शाही भने पहिलो चरणमै काजकिस्तानका खेलाडीसंग पराजित भए ।