अस्ट्रेलियाले दोस्रो पटक पनि रद्द गर्‍यो जोकोभिकको भिसा

Read Time:1 मिनेट

अस्ट्रेलियाले सर्वियन टेनिस स्टार नोभाक जोकोभिकको भिसा दोस्रो पटक पनि रद्द गरेको छ। कोरोनाविरूद्धको खोप नलगाइ अस्ट्रेलिया छिरेको भन्दै उसले दोस्रो पटक पनि जोकोभिकको भिसा रद्द गरेको हो।

अस्ट्रेलियन ओपन खेल्न मेलवर्न पुगेका जोकोभिकले आगामी सोमबार पुरुष एकलमा प्रतिस्पर्धा गर्ने खेल तालिका छ।

यसअघि गत सोमबार जोकोभिकको भिसा रद्द नगर्न अस्ट्रेलियाको एक अदालतले सोमबार आदेश दिए पनि अस्ट्रेलियन सरकारले त्यो आदेशको अवज्ञा गरेको छ।

सर्किट कोर्टका न्यायाधिस एन्थोनी केलीले भिसा रद्द गर्ने यसअघिको निर्णय खारेज गरिदिएका थिए । यस्तै, मेलवर्नको होटल क्वारेन्टिनबाट ३० मिनेट भित्रमा छाड्न पनि आदेश दिएका थिए।

अघिल्लो बुधबार मेलवर्न गत साता भ्याक्सिन नलगाइ अस्ट्रेलिया छिरेको भन्दै जोकोभिकको भिसा पहिलो पटक रद्द गरिएको थियो। अस्ट्रेलियन ओपन खेल्न मेलवर्न पुगेका उनले डिपोर्ट गर्ने र भिसा रद्दविरूद्ध मुद्दा दायर गरेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post राष्ट्रिय महिला क्रिकेटकी कप्तान रुबिनाले हङकङमा क्रिकेट खेल्ने
Next post आर्मीलाई हराउँदै एपिएफले जित्यो टाइगर कप महिला भलिबल उपाधि
Close