°
, June 1, 2023 in
0

डोजाङ प्रमुखको कोरोना बिमा

SHARE:

काठमाडौं जिल्ला तेक्वान्दो संघले काठमाडौंमा रहेका विभिन्न तेक्वान्दो डोजाङका प्रमुखहरुको कोरोना बिमा गरिदिएको छ । जम्मा १ सय ३ जनाको कोरोना बिमा गरिदिएको संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

बिमा सेप्टेम्बर १५ देखि लागू भइ १ वर्षसम्म कायम रहने छ । सबैको जनही ५० हजारका दरले बिमा गरिएको अध्यक्ष खड्काले जानकारी गराए । हात्तीसारस्थित एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरुको बिमा गरिएको हो ।

बिमाका लागि आवश्यक पर्ने ५० प्रतिशत रकम संघले आफैले व्यवस्थापन गरेको हो । बाँकी ५० प्रतिशत सगरमाथा तेक्वान्दो डोजाङ, लन्डनका प्रशिक्षक धीरज गुरुङले प्रायोजन गरेका हुन् ।

यसैगरी नेपाल बक्सिङ संघले बक्सिङ प्रशिक्षक र निर्णायकहरुको कोरोना बिमा गरिदिएको छ । वान देखि थ्री स्टारसहित ३२ प्रशिक्षक तथा विभिन्न श्रेणिका २० निर्णायक गरी जम्मा ५२ जनाको जनही १ लाखका दरले बक्सिङ संघले बिमा गरिदिएको हो । ललितपुरको ग्वार्कोस्थित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरुको विमा गरिएको संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् । विमाको अवधि भदौ १५ गतेदेखि १ वर्षसम्मका लागि कायम रहने छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *