°
, June 1, 2023 in
0

एभर्टनसँग हार्‍यो टोटनह्याम

SHARE:

प्रशिक्षक जोसे माउरिन्होको टिम टोटनह्याम प्रिमियर लिगको पहिलो खेलमै पराजित भएको छ । आइतबार राति भएको खेलमा टोटनह्याम घरेलु मैदानमा एभर्टनसँग १–०ले पराजित भयो ।

निकै प्रतिस्पर्धात्मक खेलमा एभर्टनका लागि डोमेनिक कल्भर्ट लेविनले निर्णयक गोल गरे । उनले ५५औं मिनेटमा लुकास डिग्नेका फ्रिकिकमा उत्कृष्ट हेडिङ गोल गरेका थिए । सोही गोल खेलको निर्णायक गोल बन्यो ।

खेलमा एभर्टनले अधिकांश समय टोटनह्यामलाई दबाबमा राखेको थियो । पहिलो हाफमा एभर्टनका रिचार्लिसनले काउन्टरमा किपरविट भएको अवस्थामा खाली पोस्टमा गोल गर्न सकेनन् । यस्तै, टोटनह्यामले पनि पलिालो हाफमा दुई सुन्दर अवसर गुमायो । उसका डेले अली र म्याट डोहर्टीको प्रहार एभर्टनका किपर जोर्डन प्लिकफर्डले उत्कृष्ट बचाउ गरेका थिए ।

दोस्रो हाफमा एभर्टनले अझ उत्कृष्ट प्रदर्शन गरेको थियो । उसले टोनह्यामको पोस्टमा निरन्तार आक्रमण गरेका थियो । एभर्टनको जितमा यसैसिजन अनुबन्धन भएका तीन खेलाडीको भूमिका अह्म रह्यो । जेम्स रोड्रिग्वेज, एलान र एब्डौलाय डोकाउरेले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

माउरिन्होले प्रशिक्षण करिअरमा सिजनको सुरुवती खेलमा पहिलो पटक हारको सामाना गरे । यसअघिका १८ सिजनमा माउरिन्होले ११ जित र ७ बराबरी नतिजा समाना गरेका थिए ।

एटर्भटनको यो टोट्नह्यामविरुद्धको ८ खेल पछिको जित हो । यसअघिका ८ खेलमा एभर्टनले ४ बराबरी र ४ हारको सामाना गरेको थियो ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *