डोना थापाले ए डिभिजिन लिग थ्री स्टारबाट खेल्ने

मिडफिल्डर डोना थापाले अब ए डिभिजन लिग खेल्ने भएका छन्। आसन्न ए डिभिजन लिगका लागि डोनालाई क्लब थ्री स्टारले अनुबन्धन गरेको छ।

अब उनले आसन्न ए डिभजिन लिगसँगै राष्ट्रिय लिगमा पनि थ्री स्टार बाटै खेल्ने छन्। एन्फा एकेडेमीका उत्पादन डोना थ्री स्टारमा १० नम्बरको जर्सीमा देखिने छन्।

गत वर्ष श्री भगवती क्लब टोखाबाट बी डिभिजन लिग उत्कृष्ट प्रदर्शन गरेपछि उनी सबैको आँखामा परेका थिए । त्यसपछि उनले नेपाल सुपर लिगमा पनि ललितपुर सिटी एफसीबाट उत्कृष्ट खेल पदर्शन गरेका थिए ।

यसअघि डोनाले नेपाल पुलिस क्लब, मनाङ मर्स्याङ्दी क्लबलगायत ए डिभिजनका क्लबबाट खेलिसकेका छन्।

डोनाले नेपालका लागि उमेर समूहमा यू १९ साफ च्याम्पियनसिप पनि जितेका छन्। यसबाहेक उनी यू २३ उमेर समूहसम्म पनि खेलिसकेका छन्। तर, सिनियर टोलीबाट डेब्यू गर्न पाएका छैनन्।