थ्री स्टारका स्ट्राइकर डोना थापा फ्रेन्ड्समा

Read Time:1 Minute

स्ट्राइकर डोना थापा अर्को ललितपुरको क्लब फ्रेन्ड्समा आबद्ध भएका छन्।

फ्रेन्ड्सले सामाजिक सञ्जालमार्फत डोनालाई नयाँ सिजनका लागि अनुसबन्धन गरेको जनाएको छ। अल्लिो सिजन डोनाले स्थ्री स्टारबाट खेलेका थिए।

खेलाडी विदेश पलायन हुने क्रम बढेपछि लिगका क्लबहरुमा खेलाडी अभाव छ। पछिल्लो एक वर्षमा राष्ट्रिय टिमसहितका ४० बढी खेलाडी विदेशिएका छन्।

डोना फ्रेन्ड्समा आबद्ध भएका चौथो खेलाडी हुन्। यसअघि उसले मनाङ मर्स्याङ्दीका डिफिल्डर रुपेश केसी र एनआरटीका स्ट्राइकर राजेश परियारलाई अनुबन्धन गरेको थियो। यस्तै, उसले मनाङकै गोलकिपर विशाल सुनारलाई पनि अनुबन्धन गरेको छ।

फागुन १९ बाट सुरु हुने लिगमा फ्रेन्ड्स उद्घाटन खेलमा नवप्रवेशी क्लब एफसी खुमलटारसँग खेल्ने छ।

Happy
Happy
79 %
Sad
Sad
2 %
Excited
Excited
9 %
Sleepy
Sleepy
2 %
Angry
Angry
2 %
Surprise
Surprise
6 %
Previous post असेन्सियो पेनाल्टीमा चुक्दा रियल पराजित
Next post बास्केटबलमा एक्सेल्सियर क्वाटरफाइनलमा
Close