दुहबीमा डोरीतान च्याम्पियनसिप हुने

सुनसरीको दुहवीमा चैत्र २६ र २७ गते तेस्रो मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनसिप हुने भएको छ । प्रतियोगिता दुहवी नगरपालिका स्थित श्री सरस्वती माविमा हुने छ ।

सुनसरी जिल्ला डोरीतान संघको आयोजनामा हुने प्रतियोगितामा आयोजकसहित ४ प्रदेशका टोलीहरू, ३ विभागिय टोली, भूपू ब्रिटिस गोर्खा टोली र भारतका २ टोलीहरुको सहभागिता रहने सुनसरी जिल्ला संघका अध्यक्ष निश्चल राज शाक्यले जानकारी दिए ।

अन्तराष्ट्रिय डोरीतान महासंघको नियमानुसार प्रतियोगिताका प्रत्येक खेल बेष्ट अफ थ्री का आधारमा खेलाइने छ। प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।

डोरीतान खेलको जिल्लामा मात्र नभएर एक नम्बर प्रदेश भरी नै डोरीतान खेलको विकास गर्न खेलाडीहरु प्रशिक्षण तथा उत्पादन गर्ने, कार्यसमितिका सदस्यहरुलाई अभिमुखीकरण तालिम, प्राविधिक तालिम, डोरीतान खेल प्रतियोगिताहरु आयोजना गर्ने तथा आयोजना गर्न सहयोग गर्ने जिल्ला संघका अध्यक्ष निश्चल राज शाक्यकाले बताए ।

वि।सं २०७५ मा सुनसरी जिल्ला डोरीतान संघले नेपालमा पहिलो पटक अन्तराष्ट्रिय गोल्डकप प्रतियोगिता भव्यताका साथ सम्पन्न गरेको थियो । त्यसैगरी संघले २०७६ मा दाेस्रो मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनसीप आयोजना गरेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.