च्याम्यिन्स लिगको समूह रचणको अन्तिम खेलमा जर्मन क्लब बोरुसिया टर्डमन्डले सानदार जित निकाल्यो । तर, त्यो सानदर जित उसका लागि नकआउट चरण पुग्न पर्याप्त हुन सकेन।
मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा डर्टमन्डले टर्किस क्लब बेसिटास्कमाथि ५–०को जित निकाल्यो । तर, उ समूह सीमा गोल अन्तरमा पछि गर्दै तेस्रो भयो । अब उसले युरोपा लिग खेल्ने छ।
बेसिटास्कमाथि सानदार जित दिलाउन कप्तान मार्को रिउस र अर्लिङ हालान्डले समान २ गोल गर्दा अर्को गोल डेनेल मालेनले गोर । डर्टमन्डले पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल गरेको थियो।
यसैगरी समूह सीकै अर्को खेलमा जित निकाल्दै डच क्लब आयाक्सले समूह चरणमा शतप्रतिशत नतिजा निकाल्यो । मंगलबार राति भएको खेलमा उसले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीमाथि ४–२को जित निकाल्यो ।
आयाक्सका जितमा सेबास्टियन हेलर, एन्थोनी, डेभिड नेरेस र स्टेफा बेरगुइसले गोल गरेका थिए भने स्पोर्टिङका नुनो सान्टोस र ब्रुनो टाबाटाले गोल गरेका थिए।
आयाक्स यसअघि नै नकआउट चरण पुगिसकेको थियो भने पराजयका बाबजुद पनि स्पोर्टिङ सिपी ९ अंकसहित समूहमा दोस्रो हुँदै अन्तिम १६मा पुग्यो।