°
, June 4, 2023 in
0

डा. शाह एन्टिडोपिङ बोर्ड सदस्यमा मनोनित

SHARE:

राष्ट्रिय खेलकुद परिषद् खेलकुद चिकित्सा तथा अध्ययन केन्द्रमा विज्ञको रुपमा कार्यरत डा. ज्ञानेन्द्र बिक्रम शाह नेपालको तर्फबाट दक्षिण एसियाली क्षेत्र एन्टिडोपिङ अर्गनाजेशनको बोर्ड सदस्यमा मनोनयन भएका छन् । शाहलाई सन् २०२० देखि २०२४ सम्म ४ वर्षका लागि बोर्डमा मनोनयन गरिएको हो।

डा. शाहले उक्त बोर्डमा बस्दा नेपालमा एएन्टिडोपिङ सम्वन्धि गतिबिधीहरुको अध्यन अनुसन्धान, प्रचार प्रसार गर्नुका साथै उक्त संस्थाले गरेका एन्टिडोपिङ सम्वन्धि कार्यहरुको नियमित अध्यावधिक प्रतिवेदन मन्त्रालयलाई प्रस्तुत गर्नुपर्नेछ।

नेपालमा हाल सम्म पनि एन्टिडोपिङको कुनै संस्था नभएका कारण उक्त कार्यहरु नेपाल ओलम्पिक कमिटि मार्फत हुँदै आएको छ । एन्टिडोपिङको संस्था संचालन गर्न निकै ठुलो धनरासी आवश्यक पर्ने भएका कारण संस्था स्थापनामा ढिलाई भईरहेको जनाइएको छ ।

यस्तै डा.शाह अन्तराष्ट्रिय भारोत्तोलन महासंघको एन्टिडोपिङ कमिसनको सदस्यमा समेत मनोनित भएका छन्। महासंघले विश्वभरिका आफ्ना सदस्य राष्ट्रहरुको कार्यक्षमताको आधारमा नेपालको तर्फबाट शाहलाई चयन गरेको हो । १८० भन्दा बढी राष्ट्रमा कार्यरत यो संस्थामा नेपालको यो पहिलो सहभागिता हो ।

हाड तथा जोर्नी विज्ञ डा. शाह नेपालकै पहिलो अस्पताल बिर अस्पतालको ट्रमा सेन्टरमा समेत कार्यरत छन् ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *