°
, May 29, 2023 in
0

नाटकीय खेलमा युनायटेड विजयी

SHARE:

नाटकीय खेलमा जित निकाल्दै म्यान्चेस्टर युइटेडले इंग्लिस प्रिमियर लिगमा पहिलो जित निकालेको छ । शनिबार साँझ भएको खेलमा इन्जुरी सयमको पनि केही सेकेन्ट मात्र बाँकी रहेको अवस्थामा ब्रुनो फर्नान्डेसले गोल गरेपछि युनाइटेडले ब्राइनटलाई ३–२ले हरायो ।

युनाइटेडको जितमा फर्नान्डेस र मार्कस रास्फोडले गोल गरे भने ब्राइनटका लिन माउपे र सोली मार्चले गोल गरेका थिए । ब्राइटनका कप्तान लेविस डंकले आफ्नै पोस्टमा गोल गरे ।

खेलमा अग्रता ब्राइटनले लियो । उसका माउपेले ४० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । फर्नान्डेसले डिबक्समा ब्राइटनका खेलाडीलाई लडाएपछि प्राप्त पेनाल्टीमा माउपेले गोल गरेका थिए ।

४३औं मिनेटमा डंक आफ्नै पोष्टमा गोल गरेपछि खेल बराबरीमा आयो । त्यसपछि गोल नहुँदा पहिलो १–१को बराबरीमा सकियो । ५५औं मिनेटमा रास्फोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । उनले ब्रुनो फर्नान्डेसले लामो पासमा काउन्टरमा उत्कृष्ट गोल गरेका थिए ।

खेलमा युनाइटेड जित तर्फ अग्रसर थियो । इन्जुरी समयको पाचौं मिनेटमा मार्चले हेडिङ गोल गर्दै खेललाई बरारबीमा ल्याए ।

अन्तिम समयमा खेलले नाटकीय मोड लियो । रेफ्रिले खेल सकिएको सिठी बजाए, तर युनाइटेडका खेलाडीले डिबक्समा ह्यान्ड भएको भन्दै पेनाल्टीको अपिल गरे । रेफ्रिले भिडियो असिस्टेन्ट रेफ्रिसँगको छलफलपछि भार हेर्दै युनाइटेडलाई पेनाल्टी दिए । सो अवसरलाई फर्नान्डेसले गोलमा परिणत गर्दै टिमलाई जित दिलाए ।

यसअघि युनाइटेडले लिगको सुरुवाती खेलमा क्रिस्टल प्यालेससँग ३–१ले पराजित भएको थियो । यो जितले ओले गनर सोल्सायरलाई ठूलो राहत मिलेको छ । आगमी साता टोटनह्यामको सामाना गर्ने भएकाले पनि यो जितले खेलाडीमा उर्जा थपेको छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *