उरुग्वे २०२२ को कतार विश्वकपमा छनोट हुने चौथो दक्षिण अमेरिकी मुलुक भएको छ। दक्षिण अमेरिकी छनोटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा पेरुलाई १–० गोल हराउँदै उरुग्वे विश्वकपका लागि छनोट भएको हो ।
उरुग्वेलाई जित दिलाउन जिओर्जियन डी आरास्काइटाले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा गोल गरेका थिए ।
दक्षिण अमेरिकाबाट यसअघि ब्राजिल, अर्जेन्टिना र इक्वेडर विश्वपकमा छनोट भएका छन्।
यस जितसँगै १७ खेलमा २५ अंक जोडेको उरुग्वे चौथो स्थानमा छ । पेरु २१ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
यस्तै इक्वेडर पनि विश्वकपमा छनोट भएको छ । पाराग्वेसँग ३–१ ले पराजित भए भएपनि इक्वेटर विश्वकपमा छनोट भएको हो। १७ खेलबाट २५ अंक नै जोडेको इक्वेडर तेस्रो स्थानमा छ।