चेल्सी इएफएल कपको सेमिफाइनलमा

20 Dec, 2023

चेल्सीले इएफएल कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ। मंगलबार राति भएको खेलमा न्यूक्यासल युनाइटेडलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।

निर्धारित समय एक एक गोलको बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको हो। जसमा चेल्सीका कोल पाल्मर, कोनर गल्लाघेर, क्रिस्टोफोर एनकुन्कु र मिखाइलो मुड्रिच चारै जनाले गोल गरेका थिए।

न्यूक्यासल युनाइटेडका कालुम विल्सन र ब्रुनो गुइमारेसको मात्र प्रहार गोलमा परिणत हुँदा काइरन ट्रिपएर र माट रिट्चेको प्रहार विफल भएको थियो।

त्यसअघि निर्धारित समयको १६ औं मिनेटमा न्युक्यासलका कालुम विल्सनले गोल गर्दै अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफको अतिरिक्त दोस्रो मिनेटमा चेल्सीले बराबरी गरेको थियो । चेल्सीका मुड्रिचले गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो । अन्ततः टाइब्रेकरमा चेल्सी ४–२ गोल अन्तरले विजयी हुँदै सेमिफाइनलमा पुग्न सफल भयो।

यसैगरी मिडल्सवर्गले सहज जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ । उसले पोर्टो भालेलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।

यसैगरी फुलह्याले एभर्टनलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का ग¥यो । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा फुलह्ययाम ७–६ ले विजयी भयो।