क्लब फुटबलको सबैभन्दा ठूलो भीडन्त आर्थत् एल क्लासिको आज राति हुँदैछ । स्पेनिस क्लब द्वय बार्सिलोना र रियल मड्रिडबीचको भीडन्त क्याम्प नेउमा राति ८ बजे सुरु हुनेछ।
यो पटक एल क्लासिको स्टार खेलाडीबिहीन हुन् । र, १५ वर्षपछि सर्जियो रामोस र लियोन मेसीविनाको एल क्लासिको हुनेछ । रियल र बार्सिलोना कप्तान रामोस र मेसी दुवै फ्रेन्च क्लब पिएसजीमा आबद्ध भएका छन्। सर्वाधिक ४५ पटक एल क्लासिको खेल्ने इतिहास यी दुई खेलाडीका नाममा संयुक्त छ । मेस्सीका नाममा एल क्लासिकोमा सर्वाधिक २६ गोल र सर्वाधिक १४ एसिस्टको रेकर्ड पनि छ ।
रियल र बार्सिलोना दुवैमा टिममा युवा खेलाडीको बाहुल्यता छ। यी युवा खेलाडीमध्ये रियलका भिनिसियस जुनियर र बार्सिलोनाका अन्सु फाती चर्चामा छन्। दुवै खलाडीलाई भविष्यका स्टार खेलाडीका रुपमा हेरिएको छ । र, रोनाल्डो र मेसीको स्थान लिन सक्ने खेलाडीमा रुपमा हेर्न थालिएको छ।
ब्राजिलिय युवा स्टार भिनियसिय यो सिजन निकै फर्मममा छन्। यता, लामो सयम चोटका कारण मैदान बाहिर रहेका फाती भने फर्म फकाउने प्रयासमा छन्। भिनिसियसले यो सिजन ११ खेलमा ७ गोल गरेका छन्।
फातीले बार्सिलोनाको १० नम्बर जर्सी लगाउने गरेकाले मेस्सीको उत्तराधिकारीका रूपमा पनि उनको चर्चा हुने गर्छ । रियलका भिनिसियसले पनि किशोरावस्थामै विश्व फुटबलमा आफ्नो छाप छाडिसकेका छन् । अन्य युवा खेलाडीहरूको सहयोगमा उनीहरूले आफ्ना टोलीलाई जिततर्फ डोहो¥याउन सक्छन् ।
क्लासिकोमा गोल गर्दा बार्सिलोनाका अन्सु फातीको उमेर १७ वर्ष ३ सय ५९ दिन थियो । उनी इएल क्लासिकाेमा गाेल गर्ने दाेस्राे कान्छा खेलाडी हुन् । त्यसैगरी रियलका भिनिसियस जुनियरले १९ वर्ष २ सय ३३ दिनको उमेरमा एल क्लासिकोमा गोल गरेका थिए ।
बार्सिलोना र रियल म्याड्रिडबीच अहिलेसम्म २ सय ४६ खेलमा भिडन्त भएको छ । यसमध्ये रियलले ९८ र बार्सिलोनाले ९६ खेल जितेका छन् । ५२ खेल बराबरीमै टुङ्गिएको छ । रियलले सर्वाधिक ३४ पटक ला–लिगा उपाधि जितेको छ भने बार्सिलोनाले २६ पटक यो उपाधि जितेको छ ।