यो सिजनको अन्तिम एल क्लासिको आज राति हुँदैछ। राति १२ः४५ बजे क्याम्प नेउमा हुने एल क्लासिको कोपा डेल रे अन्तर्गतको खेल हो।
यो सिरिजनको ४ एल क्लासिकोमा बार्सिलोनाले ३ र रियलले १ खेल मात्र जितेको छ। बार्सिलोनाले रियलमाथि लागतार तीन एक्लासिको जितेको छ।
आज राति हुने खेल कोपा डेल रेको सेमिफाइनलको दोस्रो लेग हो । पहिलो लेग बार्सिलोनाले १–०ले जितेको थियो ।
रियालका प्रशिक्षक कार्लोस एन्सेलोटीले दोस्रो लेगमा गोलका लागि हतार नगर्ने प्रतिक्रिया दिएका छन् । प्रि–म्याच कन्फरेन्समा उनले गोल ९० मिनेटमा पनि हुन सक्ने भन्दै पूर्ण खेलका लागि तयारी गरेको उल्लेख गरे ।
पहिलो लेगमा खेल आफ्नो नियन्त्रणमा रहे पनि शतप्रतिशत सही नभएको उनले बताए । एन्सेलोटीले टोलीमा खासै परिवर्तन नहुने पनि प्रस्ट पारेका छन् ।
बार्साका प्रशिक्षक जाभी हर्नान्डेजले १–०ले अघि रहे पनि फाइनल प्रवेशका लागि रियल फेभरेट रहेको धारणा राखे । रियलसँग पुनरागमनको क्षमता रहेकाले आफूहरु सचेत रहेको उनको भनाइ थियो ।
स्पेनिस सुपर कपको फाइनलमा बार्साले रियाललाई तीन एक गोलले पराजित गरेको थियो । ला लिगामा क्याटालान क्लब दुई एकले विजयी भएको थियो । लिग तालिकामा रियल, बार्साभन्दा १२ अंकले पछि छ ।