क्लब फुटलबको प्रतिष्ठित भीडन्त मध्ये एक हो, एल क्लासिको । दुर्इृ स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोनाबीचको यो प्रतिष्ठित भीडन्त यो सिजन ५ वटा हुने भएको छ।
सोमबार राति भएको कोपा डेल रेको सेमिफाइनलको ड्रमा रियल र बार्सिलोनाको भेट भएसँगै यो सिजन एल क्लासिको ५ भीडन्त पक्का भएको हो।
यी ५ एल क्लासिको मध्ये २ ला लिगा, २ कोपा डेल रे र १ सुपरकपका छन्। जसमध्ये सुपर कप र ला लिगका समान १ भीडन्त भइसकेका छन्, दुवै समान १ खेल जितेका छन्।
अब ला लिगाको १ र कोपा डेल रेको २ भीडन्त बाँकी छ। कोपा डेल रेको सेमिफाइनलको पहिलो लेग मार्च १ मा सान्टियागो बर्नाबेउमा हुनेछ भने दोस्रो लेग अप्रिल ५ मा क्याम्पनाउमा हुने छ।
कोपा डेल रेको सेमिफाइनलको दुइृ लेगकै बीचमा ला लिगा अन्तर्गत एल क्लासिको हुनेछ । यो खेल मार्च १९मा क्याम्पनाउमा हुनेछ।