°
, June 2, 2023 in
0

महिला रग्बी टिमकी कप्तान एलिसालाई कोरोना संक्रमण

SHARE:

नेपाली राष्ट्रिय महिला रग्बी टिमकी कप्तान एलिसा थापालाई कोरोना संक्रमण पुष्टी भएको छ । बागमती प्रदेश उपसभामुखकी स्वकीय सचिवसमेत रहेकी थापाले फेसबुकमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको बताएकी छिन् ।

बागमती प्रदेशकी उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण देखिएपछि कन्ट्याक ट्रेनिङमा त्यहाँको सबैको परिक्षण गर्दा एलिसाको कोरोना पोजेटिभ देखिएको हो ।

केही दिनअघि कोरोना परिक्षण गराएको र त्यसको नतिजा पोजेटिभ आएको एसिलाले बताएकी छिन् । उनले लेखेकी छिन् ‘कोरोना रिपोर्ट पोजेटिभ आए जस्तै म पनि पोजेटिभ सोचाइका साथ घरमै आइसोलेसनमा बसेकी छु । विश्वास छ म चाँडै कोरोनाबाट मुक्त भइ पहिले जस्तै काममा फर्कनेछु ।’

हेटौँडास्थित आफ्नै घरमा आइसोलेनसमा बसेकी एलिसाले आफूलाई कुनै लक्षण नरहेको र स्वस्थ रहेको बताएकी छिन् । एलिसाले २०१५ देखि राष्ट्रिय रग्बी टिममा खेल्न थालेकी थिइन् भने २०१७ देखि कप्तान बनेकी थिइन् ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *