°
, June 1, 2023 in

ब्राजिलका युवा स्टार एन्ड्रिक भन्छन्– रोनाल्डोकै कारण रियल मड्रिड रोजेँ

SHARE:

ब्राजिलियन युवा स्टार एन्ड्रिक १६ वर्षका मात्र भए । भर्खरैमात्र सिरियर फुटबलमा डेब्यू गरेका एन्ड्रिक विश्व फुटबलमा उदीयनमात्र स्टारका रुपमा हेरिएको छ।

उनलाई भित्र्याउन युरोपका ठूलो क्लबहरु रियल मड्रिड, बार्सिलोना, चेल्सी, पिएसजीलगायतले चासो देखाएका थिए। तर, एन्ड्रिकले रियल रोजे। एन्ड्रिकलाई भित्र्याउन रियलले ७२ मिलियन युरो खर्चियो।

रियलसँग सम्झौता गरेपछि एन्ड्रिकले पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोकै कारण आफूले रियल रोजेका बताएका छन्। ‘रोनाल्डो जो मेरा आइडल हुन्, उनले रियलमा स्वर्णिम सयम बिताएका छन्। यो मेरो सही रोजाई हो ।’

रियल मड्रिड ठूलो टिम भएको बताउँदै उनले आफू रियल आउनुमा साथी भिनिसियस जुनियरको पनि भूमिका रहेको बताए । रियलसँग सम्झौता गर्नुअघि आफूले प्रशिक्षक कार्लो एन्सोलोटी, रियलकै ब्राजिलियन खेलाडीहरु भिनिसियस, इडर मिलिटाओ र रोड्रिगोसँग पनि कुरा गरेको उनले उल्लेख गरेका छन्।

१६ वर्षीय एन्ड्रिड ब्राजिलियन क्लब पालमेरसको एकेडेमीका उत्पादन हुन्। युथ टिमबाट उनले १६९ खेलमा १६५ गोल गरेका छन्। उनले यसै सिरिज सिनियर टिममा डेब्यू गर्दै ७ खेलमा ३ गोल गरेका छन्।

रोनाल्डोे, रोनाल्डिन्हो र नेमारका ‘कम्बो’का रुपमा हेरिएका एन्ड्रिक स्पिड, स्किल र पावरफुल सटका लागि माहिर छन्।

सन् २०२४ मा १८ वर्ष पुरा भएपछि उनी रियल आउने छन्। उनलाई रियलले करिम बेन्जिमाको रिप्लेसका रुपमा ठूलो रकमा खर्चिएर अनुबन्धन गरेको हो।

SHARE: