जारी टि–२० विश्वकपमा इंग्ल्यान्डले लागातार दोस्रो जित निकालेको छ। बुधबार अबुधाबीमा भएको खेलमा इंग्ल्यान्डले बंगलादेशमाथि ८ विकेटको जित निकाल्यो ।
सुपर १२को समूह १ रहेको इंग्ल्यान्डको लागतार दोस्रो जित हो। यो जितसँगै उसको सेमिफाइनल यात्र सहज बनेको छ। पहिलो खेलमा उसले वेस्टइन्डिजमाथि ६ विकेटको जित निकालेको थियो। यता, बंगलादेशको यो लगातार दोस्रो हार हो । उ पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो।
पहिला ब्याटिङ गर्दै बंगलादेशले दिएको १२५ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले १४.१ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। उसका लागि जेसन रोएले अर्धशतकीय इनिङ खेले । उनले ३८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाए ।
यस्तै, डेविड मलानले नटआउट २८ रन बनाउँदा जोश बट्लरले १८ रन बनाए । बंगलादेशका सोरिफुल इश्लाम र नसुम अहमदले समान १ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको बंगलादेशले खराब ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १२४ रन मात्र बनाउन सक्यो । उसका लागि मुस्फिकर रहिमले सर्वाधिक २९ रन बनाउँदा कप्तान महमदुल्लाह र नसुम अममदले समान १९ रन बनाए ।
बंगलादेशलाई सस्तैमा रोक्ने क्रममा ट्यामल मिल्सले ४ ओभरमा २७ रन खचेएर ३ विकेट लिए भने लिअम लिभिङ्टन र मोइन अलीले समान ३ विकेट लिए । यस्तै, किफायति बलिङ गरेका क्रिस वोक्सले ४ ओभरमा १२ रन मात्र खर्चेर १ विकेट लिए।