इंग्ल्यान्ड भर्सेस जर्मनीः कसले जित्ला यो महाभीडन्त?

आजबाट युरोकपका अन्तिम १६ का खेल सकिँदैछन् । अन्तिम १६को अन्तिम दिन २ खेल हुँदैछन् । जसमा तीन पटकको विजेता जर्मनी र इंग्ल्यान्डबीचको महाभीडन्त पनि छ भने अर्को खेल युक्रेन र स्वीडेनबीच हुने छ।

राति ९ः४५ बजेमा लन्डनस्थित वेम्बली रंगशालामा हुने खेलमा इंग्ल्यान्डले उपाधि दाबेदार जर्मनीलाई घरमै स्वागत गर्नेछ।

यी दुई उपाधि दाबेदार टिमबीचको विजेतालाई फाइलन पुग्न तुलनात्मक रुपमा सहज हुने भएकाले पनि दुवैका लागि आजको निकै महत्वपूर्ण छ। इंग्ल्यान्ड या जर्मनीले क्वार्टफाइनलमा युक्रेन या स्वीडेन तथा सेमिफाइलन डेनमार्क या चेक रिपब्लिकसँग खेल्ने छ।

वेम्बलीमै जर्मनीसँग खेल्ने पनि इंग्ल्यान्ड दबाबमा हुनेछ। त्यो किनभने वेम्बलीमा भएका पछिल्ला ७ भीडन्तमा इंग्ल्यान्डमाथि जर्मनी हावी छ। जर्मनीले ५ खेल जितेको छ भने २ खेल बराबरीमा सकिएको छ ।

तर, विगतलाई तुलना गरेरै जर्मनी र इंग्ल्यान्ड मध्ये एउटालाई बलियो र अर्कोलाई कमजोर भन्न सकिने अवस्था छैन । ठूलो प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसके पनि इंग्लिस टिम उत्कृष्ट खेलाडीले भरिएको छ। उसका कुनै पनि एक खेलाडी मात्र चले पनि जर्मनीलाई हराउन कत्ति गाह्रो हुने छैन ।

पछिल्लो समय एकनास प्रदर्शन गर्न नसकेको जर्मनीले युरोकपमा भने राम्रै प्रदर्शन गरेको छ । तर, खेल एकनाशको भने छैन । इंग्ल्यान्डको अवस्था पनि त्यस्तै छ।

समूह एफमा दोस्रो हँदै जर्मनी अन्तिम १६मा पुगेको हो भने इंग्ल्यान्ड समूह सीको विजतोका रुपमा । इंग्ल्यान्डसले समूहमा चेक रिपब्लिक र क्रोएसियालाई समान १–०ले पराजित गरेको थियो भने स्कटल्यानडसँग गोलरहित बराबरी खेलेको थियो। यता, जर्मनीले पोर्चुगललाई ४–२ले हराउँदा हंगरीसँग २–२ गोलको बराबरीमा रोकिएको थियो भने फ्रान्ससँग १–०ले पराजित भएको थियो।

यी दुई टिम समग्रमा ३२ पटक भिडेका छन् । जसमा जर्मनी १५ खेलमा विजयी हुँदा इंग्ल्यान्ड १३ खेलमा विजयी भएको छ। यस्तै ४ खेल बराबरीमा सकिएको छ।

Facebook Comments Box