अदिल रसिदको घातक बलिङ, वेस्टइन्डिमाथि इंग्ल्यानडको सानदार जित

युएई र ओमानमा संयुक्तमा रुपमा आयोजना भइरहेको टि–२० विश्वकपमा इंग्ल्यान्डले सानदार सुरुआत गरेकोछ। सुपर १२मा समूह एमा रहेको इंग्ल्यान्डले वेस्टइन्डिजमाथि ६ विकेटको जित निकाल्दै प्रतियोगितामा सानदार सुरुआत गरेको हो।

अदिल रसिदले घातक बलिङ गरेपछि वेस्टइन्डिजले दिएको ५६ रनको झिनो लक्ष्य इंग्ल्यान्डले ८.२ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । उसका लागि जोस बट्लरले नटआउट २४ रन बनाउँदा जासन रोएले ११ रन बनाए । वेस्टइन्डिजका अकिल होसेनले २ तथा रवि रामपालले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले १४.२ बलमा अलआउट हुँदै ५५ रन मात्र बनाउन सक्यो । टि–२० विश्वकपमा यो तेस्रो कम स्कोर हो । उसका क्रिस गेलले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । पावर प्लेमा ३१ रन बनाउँदा ४ विकेट गुमाएको वेस्टइन्डिजले अन्तिम ४ विकेट १७ बलमा ११ रन बनाउँदा गुमायो।

वेस्टइन्डिजलाई सस्तैमा समेट्ने क्रममा स्पिनर अदिल रसिदले घातक बलिङ गरे । उनले २.२ ओभरमा २ रन मात्र खर्चेर ४ विकेट लिए । यो टि–२० क्रिकेटमा इल्यान्डको उत्कृष्ट बलिङ स्पेल हो। यस्तै, मोइन अली र टाइम मिल्सले पनि समान २ विकेट लिए।