भारतविरुद्धको तेस्रो टेस्टमा इंग्ल्यान्डले सानदार जित निकालेको छ। लिड्समा भएको तेस्रो टेस्टमा बल र ब्याटमा दुवैमा उत्कृष्ट प्रदर्शन गरेको इंग्ल्यान्डले भारतलाई एक इनिङ र ७६ रनले हरायो।
यो जितसँगै ५ खेलको टेस्ट सिरिज १–१को बराबरीमा आएको छ। वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो भने दोस्रो टेस्ट भारतले १५१ रनले जितेको थियो।
चौथो दिन भारतलाई दोस्रो इनिङमा २७८ रनमा अलआउट गर्दै इंग्ल्यान्डले सहज जित निकाल्यो । भारतले चौथो दिन २१५÷२को अवस्थाबाट सुरु गरेको थियो ।
भारतका लागि चेतेश्वर पुजाले सर्वाधिक ९१ रन बनाउँदा रोहित शर्माले ५९ र कप्तान विराट कोहलीले ५५ रन बनाए। भारतलाई रोक्ने क्रममा ओली रोविन्सनले ५ विकेट लिए भने क्रेइग ओभरटनले ३ विकेट लिए।
यसअघि भारतले पहिलो इनिङमा ७८ रनमै अलआउट भएको थियो। भारतका लागि रोहित शर्मा र अजिन्का रहाणेले मात्र दोहोरो अंकमा स्कोर बनाउनका सकेका थिए । इंग्ल्यान्डका जेम्स एन्डरसनले र ओभरटनले समान ३ विकेट लिएका थिए।
पहिलो इनिङमा इंग्ल्यान्डले कप्तान जो रुटको शतक मद्दतमा ४३२ रन बनाएको थियो । रुटले १६५ बल खेल्दै १२१ रन बनाएका थिए भने डेविड मलानले ७०, हासिब हमिदले ६८ र रोए बुर्नस ६१ रन बनाए। भारतका मोहम्मद सामीले ४ विकेट लिए।