विश्व फुटलबमा अगाभी टिमको उपमाले चिनिएको नेदरल्यान्ड युइएफएले पहिलो पटक आयोजना गरेको नेसन्स कप फुटबल प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा इंग्ल्यान्डलाई ३–१ ले पराजित गर्दै नेदरल्यान्ड्स फाइलनमा पुगेको हो ।
आइतबार राति हुने फाइलनमा अब नेदरल्यान्ड्सले पोर्चुगलसँग भिड्ने छ । पोर्चुगल स्टार क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा स्वीट्जरल्यानडलाई ३–१ ले नै पराजित गर्दै फाइलन पुगेको हो ।
बिहीबार राति पोर्चुगलमा भएको खेलमा अग्रता इंग्ल्यान्डले लिएको थियो । उसका मार्कस रास्फोर्डले ३२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । निकै प्रतिस्र्पात्मक खेलमा म्याथिज डे लिटले ७३औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
त्यसपछि निर्धारित समयमा दुवै टिमबाट थप गोल नहुँदा खेल १–१ गालको बराबरीमा सकिएको थियो । त्यसपछि थप गरिएको ३० मिनेटमा २ गोल गर्दै नेदरल्यान्ड्स उपाधि नजिक पुग्यो ।
९७औं मिनेटमा केल वाल्करले आत्मघाती गोल गरेपछि नेदरल्यान्ड्सले अग्रता लियो । यस्तै ११४ औं मिनेटमा क्विन्सी प्रोमेसले गोल गर्दै नेदरल्यान्ड्सलाई जित दिलाए ।
खेलमा नेदरल्यान्ड्सले ५४ प्रतिशत पोजेसन बनाउँदै इंग्ल्यानडको पोस्टमा २९ सट प्रहार गरेको थियो । त्यसमध्ये १४ सट अन टार्गेट थियो । यता, इंग्ल्यान्डले भने १३ सट प्रहार गरेकोमा ३ सट मात्र अन टार्गेट थियो ।