°
, May 29, 2023 in
0

नेसनन्स लिगका इंग्लिस टिमको घोषणा, युवा खेलाडीलाई मौका

SHARE:

यूईएफए नेसन्स लिगका लागि इंग्लिस फुटबल टिमको घोषणा गरिएको छ । प्रशिक्षक गेराथ राउथगेटले मंगलबार नेसन्स लिगका सुरुवाती दुई खेलका लागि २४ सदस्यीय टोली घोषणा गरेका हुन् ।

प्रशिक्षक साउथगेटले टिममा युवा खेलाडीलाई मौका दिएका छन् भने केही पुराना तथा अनुभवी खेलाडी पनि टिममा छन् । जसमा युवा खेलाडी जाडोन सान्चो, फिल फोडेनदेखि अनुभवी ह्यारी केन, केल वाकरसम्म छन् । फोडेन, मासोन ग्रीनउड र केल्भिन फिलिप्स पहिलो पटक टिममा परेका हुन् ।

इंग्ल्यान्ड नेसन्स लिगको लिग एको समूह २मा छ । सो समूहमा इंग्ल्यान्ड, आयरल्यान्ड, डेनमार्क र बेल्जियम छन् । नेसन्स लिग अन्तर्गत इङ्ल्याण्डले सेप्टम्बर ५ मा आइसल्यान्ड र सेप्टेम्बर ८ मा डेनमार्कसँग खेल्नेछ ।

साउथगेटले घोषणा गरेको टिमको गोलकिपरमा जोर्डन पिक्फर्ड, डिन हेन्डरसन र निक पोप रहेका छन् भने डिफेन्समा ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, ह्यारी मगुएर, केइरन ट्रिपियर, केल वालकर, एरिक डायर, जोइ गोमेज, माइकल केन र ट्रोएन मिंग्स छन् ।

यसैगरी मिडफिल्डमा साउथगेटले युवा खेलाडीद्वय फिल फोडेन र मासोन माउन्ट तथा केल्भिन फिलिप्स, डिक्लेन राइस, जेम्स वार्ड र ह्यारी विंग्सलाई छनोट गरेका छन् । ह्यारी केन, मार्कस रास्फोर्ड, जाडोन सान्चो, रहिम स्टर्लिङ, ड्यानी इंग्स, मासोन ग्रीनवुड र टमी अब्राहमलाई प्रशिक्षक साउथगेटले स्ट्राइकिङको जिम्मा दिएका छन् ।

यसैगरी नेसन्स लिगअन्तर्गत फिनल्यान्ड र बुल्गेरियाविरुद्धको खेलका लागि वेल्सले पनि राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक रायन गिग्सले सुरुवाती दुई खेलका लागि मंगलबार २६ सदस्सीय टिमको घोषणा गरेका हुन् ।

गिग्सले टिममा रियल मड्रिडका स्ट्राइकर ग्यारेथ बेल, म्यानचेस्टर युनाइटेडका मिडफिल्डर ड्यानियल जेम्स र युभेन्ट्सका मिडफिल्डर आरोन राम्सीलाई समावेस गरेका छन् । वेल्स नेसन्स लिगको लिग बीमा छ । वेल्सले पहिलो खेलमा फिनल्यान्डसँग सेप्टेम्बर ३ र बुल्गेरियासँग यस्तै सेप्टेम्बर ६ मा खेल्ने छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *