अस्ट्रेलियाविरुद्धको टि–२० सिरिजको पहिलो खेलमा इंग्ल्यान्डले रोमाञ्चक जित हात पारेको छ । शुक्रबार राति साउथह्याम्पटनमा भएको खेलमा १६३ रनको लक्ष्या पछ्याएको अस्ट्रेलियालाई १६० रनमा रोक्दै घरेलु टोली इग्ल्यान्डले २ रनको रोमाञ्चक जित हात पारेको हो ।
इंग्ल्यान्डविरुद्ध १६३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० अभोरमा ६ विकेट गुमाउँदै १६० रन मात्र बनाउन सक्यो । उत्कृष्ट सुरुवात गरेर पनि अस्ट्रेलिया पराजित भयो । उसका लागि ओपरद्वय डेविड वार्नर र कप्तान आरोन फिन्चले पहिलो विकेटका लागि ९८ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।
वार्नरले ५६ रनको अर्धशतकीय पारी खेले भने फिन्चले ४६ रन बनाए । वार्नरले ४७ बल खेल्दै ४ चौका प्रहार गरे भने फिन्चले ३२ बलमा ७ चौका र १ छक्का प्रहार गरे । यस्तै, मार्कस स्टोइनिसले २३ र स्टिभ स्मिथले १८ रनको योगदान दिए । इंग्ल्यान्डका जोफ्रा आर्चर र अदिल रसिदले समान २ विकेट लिए ।

यअसघि पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले डेविड मलानका अर्धशतकीय पारीको मद्दतमा ७ विकेट गुमाउँदै १६२ रन बनाइको थियो । उत्कृष्ट फर्ममा रहेका मलानले ४३ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गर्दै ६६ रन बनाए ।
यस्तै ओपनिङमा आएका जोस बट्लसले २९ बलमा ४४ रन बनाए भने क्रिस जोर्डनले १५ रनको योगदान दिए । अस्ट्रेलियाका एस्टन अगर, केल रिचर्डसन र ग्लेन म्याक्वेलले समान २ विकेट लिए ।
तीन खेलको टि–२० सिरिजको दोस्रो खेल भोलि साउथह्याम्टनमै हुने । इग्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले ३ खेलका एक दिवसीय सिरिज पनि खेल्ने छ