बेल्जियमले इंग्ल्यान्डलाई हरायो

Read Time:1 Minute

युईएफए नेसन्स लिगअन्तर्गत आइतबार राति भएको खेलमा बेल्जियम विजयी भएको छ । बेल्जियमले घरेलु मैदानमा इंग्ल्यान्डलाई २–०ले पराजित गरेको हो ।

बेल्जियमलाई जित दिलाउने क्रममा युरी टेलिमन्स र ड्रिएस मर्टेन्सले गोल गरे । बेल्जियमले १०औं मिनेटमै अग्रता लियो । टेलिमन्सले गोल गर्दै अग्रता दिलाए । २४औं मिनेटमा मर्टेन्सले गोल गरेपछि बेल्जियमले पहिलो हाफमै २–०को अग्रता लियो । तर, त्यसपछि कुनै गोल नहुँदा बेल्जियम विजयी भयो ।

जितसँगै बेलिज्यम लिग एको समूह २मो १२ अंकसहित शीर्ष स्थानमा छ । अन्तिम खेलमा बराबरी नतिजा मात्रै निकाले बेल्जियम समूह विजेता हुँदै फाइनल्समा प्रवेश गर्ने छ। यता इंग्ल्यान्डको भने अघिल्लो चरणमा पुग्ने सम्भावना सकिएको छ । ७ अंकसहित इंग्ल्यान्ड तेस्रो स्थानमा छ ।

आइतबार राति नै भएको खेलमा आइसल्यान्डमाथि २–१को जित निकालेको डेनमार्क १० अंकसहित दोस्रो स्थानमा छ । अंकबिहीन आइसल्यान्ड पुछारमा छ ।

यसैगरी आइबार राति नै भएको अन्य खेलमा बेल्सले आयरल्यान्डलाई १–०ले हरायो भने हंगेरी र सर्वियाले १–१को बराबरी खेलेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक मंसिर दोस्रो साता
Next post इटालीको सहज जित
Close