°
, June 7, 2023 in
0

रुटको दोहोरो शतकमा इंल्यान्ड बलियो

SHARE:

कप्तान जो रुटले शानदार रुपमा दोहोरो शतक प्रहार गरेपछि चेन्नईमा जारी भारतविरुद्धको पहिलो टेस्टमा इंग्ल्यान्ड बलियो अवस्थामा पुगेको छ । कप्तान रुटले दोहोरो शतक बनाएपछि दोस्रो दिनको खेल सकिँदा इंग्ल्यान्डले ८ विकेठको क्षतिमा ५५५ बनाएको छ, र उ बलियो अवस्थामा पुगेको छ।

दोस्रो दिनको समाप्तिमा डम बेस २६ र ज्याक लिच ६ रन बनाएर क्रिजमा छन् । सन् २०२१मा दोस्रो दोहोरो शतक बनाउने क्रममा रुटले ३७७ बल खेल्दै १९ चौका र २ छक्काको सहयोगमा २१८ रन बनाए । चेन्नइमा कुनै पनि विदेशी खेलाडी बनाएको यो उच्च स्कोर हो ।

भारतविरुद्धको यो दोहोरो शतकसँगै रुटले इंग्ल्यान्डकै एलिस्ट कुक, दक्षिण अफ्रिकाका ग्रेम स्मिथ र भारतका राहुल दविडको नाममा रहेको टेस्टमा सर्वाधिक दोहोरो शतक बनाउने कीर्तिमान बराबरी गरेका छन् । सबैले ५ दोहोरो शतक बनाएका छन् ।

कुकका अलावा डान लउरेन्सले ८७ र बेन स्टोक्सले ८२ रनको इनिङ खेले । लउरेन्सले २८६ बल खेल्दै १२ चैका प्रहार गरे भने स्टोक्सले ११८ बलमा १० चौका र ३ छक्का प्रहार गरे ।

भारतका इशान्त शर्मा, जस्प्रित बुमराह, रविचन्द्रन आविश्वन र सहवाज नदिमले समान २ विकेट लिए ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *