तेस्रो टेस्टको पहिलो इनिङमा भारतको खराब ब्याडिङ, पुरै टिम ७८ रनमै अलआउट

इंग्ल्यान्ड भ्रमणमा रहेको भारतले घरेलु टोलीविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङ खराब ब्याटिङ प्रदर्शन गरेको छ। बिहीबारबाट लिड्समा सुरु भएको तेस्रो टेस्टमा टस जितेर पहिला ब्याटिङ गरेको भारत ७८ रनमै अलआउट भयो।

इंग्लिस बलर हावी भएपछि भारतीय टिम ४४.४ ओभरमा ७८ रममा अलआउट भएको थियो । यो भारतको तेस्रो सर्वाधिक कम योगफल हो। यस्तै, भारत टस जितेर ब्याटिङ रोजेपछि बनाएको यो सर्वाधिक कम योगफल हो। भातरले पछिल्ला ७ विकेट केवल २२ रन बनाउँदा गुमाएको थियो।

भारतका दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोस बनाउन सकेका थिए। ओपनर रोहित शर्माले १०५ बल खेल्दै सर्वाधिक १९ रन बनाउँदा अजिन्का रहाणेले ५४ बलमा १८ रन बनाए।

अघिल्ला दुई खेलमा उत्कृष्ट ब्याटिङ गरेका ओपनर केएल राहुल डकआउट भए भने कप्तान विराट कोहलीले ७ रन बनाउँदा चेतेश्वर पुजाराले १ रन मात्र बनाउन सके।

यस्तै, ऋषव पन्तले २, रविन्द्र जडेजाले ४, इशान्त शर्माले ८, मोहम्मद सिराजले ३ रन बनाउँदा दोस्रो टेस्टमा उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई जित दिलाउन मोहम्मद सामी र जसप्रित बुमराह दुवै गोल्डेन डकआउट भए।

भारतको इनिङ धरासायी बनाउने क्रममा जेम्स एन्डरसनले ८ ओभरमा ५ मेडनसहित ६ रन मात्र खर्चेर ३ विकेट लिए भने क्रेइग ओभरटनले १०.४ओभरमा ५ मेडन राख्दै १४ रन खर्चेर ३ विकेट लिए। यस्तै, आली रोबिन्सन र साम कुरानले पनि समान २ विकेट लिए।

पहिलो दिनको खेल सकिँदा इंग्ल्यान्डले ४२ रनको अग्रता लिएको छ। दिनको समाप्तिमा उसले विनाक्षति १२० रन बनाएको छ। दुवै ओपनर अर्धशतक बनाएर खेलिरहेका छन्।

हसिब हमिदले १३० बलमा ११ चौका प्रहार गर्दै ६० रन बनाएका छन् भने रोरी बुर्नसले १२५ बलाम ५ चौका र १ छक्का प्रहार गर्दै ५२ रन बनाएका छन्।