°
, June 4, 2023 in
0

१६ वर्षपछि पाकिस्तान भ्रमण गर्दै इंग्ल्यान्ड

SHARE:

इंग्ल्यान्डले १६ वर्षपछि पाकिस्तानको भ्रमण गर्ने भएको छ । इंग्ल्यान्डले सन् २०२१ को अक्टोबरमा पाकिस्तानमा २ खेलको टि२० सिरिज खेल्ने छ ।

इंग्ल्यान्डले अन्तिम पटक सन् २००५ मा पाकिस्तान भ्रमाण गरेको थियो । पाकिस्तानले यसै वर्ष इंगल्यान्डको भ्रमण गरेसँगै पाकिस्तान क्रिकेट बोर्डले इंगल्यान्डलाई पाकिस्तान आउन निम्तो दिएको थियो ।

सोही निम्तो स्वीकार्दै इंग्ल्यान्ड पाकिस्तान भ्रमणका लागि तयार भएको हो । सिरिज अक्टोबर १४ र १५ मा हुने छ । त्ययसपछि दुवै टिम १६ अक्टोबरमा यी दुवै टोली विश्वपका लागि भारत प्रस्थान गर्नेछन् ।

सन् २००९ मा पाकिस्तानको लाहोरमा श्रीलंकाका खेलाडीमाथि हतियारधारी समुहले आक्रमण गरेको थियो । त्यसपछिको १० वर्ष कुनै पनि मुलुकका टोलीले पाकिस्तानमा गएर क्रिकेट खेलेका थिएनन् । यो अवधिमा पाकिस्तानको क्रिकेट टोलीले आफ्नो अधिकांश घरेलु खेल यूएईमा खेलेको थियो ।

पछिल्लो समय बिस्तारै विदेशी टोलीहरु पनि पाकिस्तानमा गएर खेल्न थालेका छन् । गत महिना जिम्बाबेले पाकिस्तानको भ्रमण गरेको थियो ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *