सान मारिनोको पोस्टमा इंग्ल्यान्डको गोलको वर्षा, ४ गोल गर्दै केनले ताेडे शताब्दी पुरानाे रेकर्ड

सान मारिनोमाथि फराकिलो जित निकाल्दै इंग्ल्यान्ड कतार विश्वकपमा छनोट भएको छ। सोमबार राति भएको खेलमा कप्तान ह्यारी कनेले ४ गोल गरेपछि इंग्ल्यान्डले सान मारिनोमाथि १०(०को जित निकाल्दै विश्वकपमा स्थान पक्का गरेको हो।

सान मारिनोमाथि इंग्ल्यान्डले दुवै हाफमा समान ५ गोल गरेको थियो। उसका केनले ह्याट्रिकसहित चार गोल गर्दा ह्यारी मग्वाएर, इमिल स्मिथ, ट्य्रोन मिङ्स, टामी इब्राहिम र बुकायो साकाले एक/एक गोल गरे। इंग्ल्यान्डले एउटा गोल उपहार पाएको थियो। सान मारिनोका फिलिप्पो फाब्रीले आत्मघाती गोल गरेका थिए।

१२ मिनेटभित्रै ह्याट्रिक गरेका केनले २७औं, ३२औं, ३९औं र ४२औं मिनेटमा गोल गरेका थिए । यो चार गोलसँगै केन एकै क्यालेन्डर इयरमा सर्वाधिक गोल गर्ने इंग्लिस खेलाडी बनेका छन्। एक शताब्दी लामो रकेर्ड तोडेका केनले यो वर्ष इंग्ल्यान्डका लागि १६ गोल गरेका छन्।

चार गोल गरेपछि केन इंग्ल्याण्डका लागि ४८ गोल गर्दै सर्वाधिक गोल गर्नेमा तेस्रो स्थानमा छन् । उनी सर्वाधिक ५३ गोल गर्ने वायन रुनी र सर बबी चार्ल्टन भन्दा मात्र पछि छन् ।

जितसँगै इंग्ल्यान्डले समूह आईमा १० खेलमा २६ अंक जोड्यो भने सान मारिनोले १० खेलमा अंक जोड्न सकेन। २० जोडेको पोल्यान्ड दोस्रो हुँदै प्लेअफमा पुगेको छ।