°
, June 2, 2023 in
0

इपिएलको रौनक फर्किँदै

SHARE:

विश्वको सबैभन्दा लोकप्रिय लिग इंग्लिस प्रिमियर लिग (ईपीएल) शनिबारबाट सुरु हुँदै छ । आज रातिबाट सबे फुटबल प्रेमीको ध्यान प्रिमियर लिगले तान्ने छ ।

लिगको सुरुवाती दिन ६ खेल हुने छ । जसमा च्याम्पियन लिभरपुले नवप्रवेशी लिड्स युनाइटेडको समाना गर्ने छ भने आर्सनलले अर्को नवप्रवेशी क्लब फुलह्यामसँग खेल्ने छ । यस्तै पहिलो दिन नै टोटनह्याम र एभर्टन, क्रिस्टल प्यालेस र साउथह्याम्पटन, लेस्टर सिटी र वेस्ट ब्रुम तथा वेस्टह्याम र न्युक्यासल भिड्ने छन् ।

यसैगरी पहिलो चरणमै चेल्सीले ब्राइटन, सेफिल्डले वुल्भ्ससँग खेल्ने छ । दुवै खेल सेप्टेम्बर १४ मा हुने छ । यस्तै, म्यानचेस्टर सिटीले एस्टनभिल्ला तथा म्यानचेस्टर युनाइटेडले बर्नलीसँग खेल्नेछन् । यी दुई खेलको मिति भने तय भइसकेको छैन ।

कोरोना भाइरसका कारण यो इपिएल क्लबहरुले व्यस्त तालिकामा खेल्नु पर्ने छ । सामान्य अवस्था भएको भए अहिले लिगका ४-५ चरणका खेल सकिसकेका हुन्थे । तर, कोरोनाका कारण लिग सेम्टेम्बरको मध्यबाट मात्र सुरु हुँदै छ ।

व्यस्त तालिका कारणले खेलाडीहरूले यो सिजनको बीच बीचमा बिरलै मात्र आराम पाउने छन् । तय कार्यक्रमअनुसार नै खेल भयो भने यसपल्टको सिजन सन् २०२१ को मे २३ सम्म सकिनुपर्नेछ, एक वर्ष पछाडि सारिएको युरो २०२० का लागि । त्यस मितिको तीन सातापछि त युरो सुरु भइसक्नेछ । त्यसको अर्थ ३८ चरणका खेल केही महिनामै सकिने छन् ।

त्यसैले सबै क्लबका व्यवस्थापकले खेल तालिकालाई गुनासो गरिरहेका छन्, तर कोरोनाका कारण यस्ता व्यस्ता तालिका बाध्यता हो । व्यस्ता तालिकाक कै कारण इंग्लिस फुटबल एसोसिएसनले नकआउट प्रतियोगिताको ढाँचा परिवर्तन गरेका छन् । सोही आनुसार एफए कपमा रिप्ले हुने छैन, यस्तै लिग कपको सेमिफाइनल सिंगल लेगको हुने छ ।

व्यस्त तालिकाबीच पनि इपिएलमा यस पटक कडा प्रतिस्पर्धा हुने छ । उपाधिको प्रतिस्पर्धा त छँदै छ, च्याम्पियन्स लिग छनोट र युरोपा लिग छनोटका साथै पुछारमा रेलिगेसन बच्न पनि कडा प्रतिस्पर्धा हुने छ । फेरि एकपल्ट लिभरपुल र म्यान्चेस्टरसिटी जस्ता टिम बलियो देखिने छन् भने उनीहरुलाई चेल्सी र म्यान्चेस्टर युनाइटेड चुनौति दिने छन् ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *